बोलन्या थलिद्धारा धनगढीमा एमसीसी विरुद्ध बैलगाडा सहित प्रदर्शन
बोलन्या थली |
१४ असार २०७७, आईतवार
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध धनगढीमा बयलगाडा र्याली निकालिएको छ।
‘एमसिसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ भन्ने नारासहित बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने माइकिङ गर्दै बोलन्या थली संस्थाको नेतृत्वमा युवाहरूका एक समूहले र्याली निकालेको हो ।

आइतबार साँझ धनगढीको क्याम्पस रोडबाट रातोपुलस्थित मुख्यमन्त्री कार्यालयसम्म बयलगाडा र्याली निकालिएको हो।
बोलन्या थली अध्यक्ष यादव जोशीले राष्ट्रप्रेम भएका युवाहरू स्वतस्स्फुर्त रूपमा र्यालीमा सहभागी भएको बताए।
जोशीले देशको राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसिसी घातक रहेको भन्दै विरोध गरिएको बताए।




