धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ

बोलन्या थली | १४ असार २०७७, आईतवार
धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ

 धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन् । 

जनाअवजको टिप्पणीहरू