सुदूरपश्चिमका किसानलाई सधै मल अभाव

बोलन्या थली | १४ असार २०७७, आईतवार
सुदूरपश्चिमका किसानलाई सधै मल अभाव

सुदूरपश्चिम प्रदेशमा रोपाई सुरु भए पनि किसाहरुले भने रासायनिक मल नपाएको गुनासो गरेका छन् । कोरोना भाइरसको महामारीकै बिच रोपाइँमै जुटेका किसानले समयमै मल नपाउँदा किसान निराश देखिएका छन्  ।

सुदूरपश्चिममा मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङमा यतिखेर मलको मौज्दात शून्य रहँदा यस वर्ष भने धान उत्पादनमा कमी आउने निश्चित देखिएको छ ।

मल खोज्न धेरै ठाउँ धाए पनि मल भने नपाएको कैलाली गाउँपालिकाका किसान सुरेशकुमार चौधरीले गुनासो गरे । मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको र  सरकारले समयमै मल उपलब्ध नगराउँदा  यस वर्ष उब्जनी घट्ने उनको भनाई छ ।

प्रदेशमा रहेको १० हजार मेटिकट्न युरिया र छ हजार टन मौज्दात सकिएपछि अहिले गोदाम रित्तै रहेको छ । यता लक्ष्य भन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले दाबी गरेका छन् ।

उनले डिएपी छ हजार एक सय तीन ,युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको जानकारी दिए । बाँकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिन भित्रै किसानले पर्याप्त मात्रामा मल पाउने बताए ।

खेति लगाउने समयमा मल नपाउने यो नयाँ कुरो भने होइन । वर्षौँदेखि यस्तै समस्या झेल्दै आएका किसानले अब प्रदेश सरकारले किसानहरूका समस्याहरूलाई मध्यनजर गरी समयमै सहज रूपमा मल उपलब्ध गराउन माग गरेका छन् ।

जनाअवजको टिप्पणीहरू