एमसिसी बिरुद्द कैलालीको अत्तरियामा प्रदर्शन

बोलन्या थली | १३ असार २०७७, शनिबार
एमसिसी बिरुद्द कैलालीको अत्तरियामा प्रदर्शन

धनगढी: राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पासगर्न लागिएकाे भन्दै देशका विभिन्न स्थानमा आन्दोलन भइरहेका छन्। सोही क्रममा शनिबार कैलालीको अत्तरियामा पनि एमसीसीको विरूद्वमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ। एमसीसी घातक भएको भन्दै स्वतन्त्र युवा आवाज, बोलन्या थली लगायतका युवा समूहले प्रर्दशन गरेका हुन।

नेपाल सरकार र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको सो सम्झौता २०७५ पुष ३ गते नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति (आइपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) को प्रस्ताव बाहिर आएको थियो।

यसै सन्दर्भमा विभिन्न सामाजिक अभियान्ता,स्वतन्त्र युवा, विद्यार्थी ,विभिन्न पार्टी आम  नागरिकहरू देशको राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी घातक रहेको भन्दै विरोध गरिरहेका छन्।

जनाअवजको टिप्पणीहरू