बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु, कोरोना परिक्षण गरिने

बोलन्या थली | १३ असार २०७७, शनिबार
बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु, कोरोना परिक्षण गरिने


बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक जनाको मृत्यु भएको छ । जिल्लाकोदशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतक पुरुष दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा खाना पकाउने भान्से काम गर्दै आएको बताए ।

शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछी उनलाई उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ती मृतकको कोरोना परीक्षण गरिने भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू