पछिल्लो २४ घण्टामा भेटिए थप ५९३ जना कोरोना संक्रमित


नेपालमा पछिल्लो २४ घण्टायता ५९३ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यससहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म रसुवा जिल्लामा बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको छ र कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ।