ब्याबसायि साउदको अबरोध नगर्ने घोषणा !

बोलन्या थली | १२ असार २०७७, शुक्रबार
ब्याबसायि साउदको अबरोध नगर्ने घोषणा !

डडेलधुराका एक ब्याबसायी प्रकाश साउदले फेसबुकमा स्ट्याटस लेख्दै डडेलधुराको बागबजार क्षेत्रको सडक भित्र आफ्नो घर पर्ने तर सडक चौडा गर्ने काममा कुनै अवरोध नगर्ने बताएका छन । डडेलधुरा हिल सिटिको रुपमा बिकास गर्ने भनिएको शहर हो तर सडक सौन्दर्यता नहुनु , बाटो एक लेनको मात्र हुनु र कुरुप देखिनुले पर्याबरणिय सुन्दरताको खिल्ली उडेको छ ।
” बिकासको नेतृत्व गर्नेहरुका लागी यि स्वघोषित बक्तब्यहरुले चुनौती र स्थानीय बासिहरुको आक्रोश सहजीकरण गर्नमा मद्दत पुग्ने मानिन्छ तर यसरी सार्बजनिक आव्हान गर्ने ब्यक्तिहरुले थप समाजिक पहल र प्रयास गरिदिएर बिस्तारको कामलाई प्रभावकारी पार्दै सहयोग गरिदिनु पर्ने नगरपालिकामा कार्यरत गोबिन्द ओझा बताउछन । ”
डडेलधुराको बजार क्षेत्र चौडा र स्मार्ट हुने हल्ला लामो समय देखी चल्दै आएको छ ।

साउद लामो समय सम्म डडेलधुरा बाणिज्य संघका अध्यक्ष थिए ।

जनाअवजको टिप्पणीहरू