भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

बोलन्या थली | १२ असार २०७७, शुक्रबार
भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

एजेन्सी भारतका विभिन्न ठाउँमा चट्याङका कारण बिहीबार १०७ को मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशका २४ को रहेका छन् ।

भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर बिहारमा ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको जनाईएको छ । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाहरुप्रति समवेदना प्रकट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ । राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन् । यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनुपरेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु ।’

भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।

जनाअवजको टिप्पणीहरू