प्रदेश सभाको आजको बैठक पनि स्थगित


असार १२ । सुदुरपश्चिम प्रदेश सभाको आजको बैठक पनि स्थागित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि आज बस्ने भनिएको बैठक स्थागित भएको हो ।
प्रदेश सरकारले कोरोना भाईसर रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध गरेपछि आज पनि बैठक स्थगित भएको जनाईएको छ ।
प्रदेश सरकारले जनताको स्वास्थ्यमा असर पर्ने गरी गम्भीर लापरवाही र वेवास्ता गररुरहेकोले बैठक स्थगित गरिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए। प्रदेशको अर्को बैठक आइतबार ३ बजे बोलाइएको छ।