एकैदिन ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो


काठमाडौँ,असार ११ । नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष र ४८ महिला गरी कुल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको छ । तीमध्ये १० हजार २० महिला र नौ हजार ११४२ पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ६५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ ।