कोरोनाबाट थप एकको मृत्यु


स्याङ्जामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत ५५ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएको हो ।
उनी असार ८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । जिल्लाको सिरुबारी निवासी मृतक पुरुषमा (कोभिड १९) कोरोना भाइरस, गम्भिर निमोनिया, मधुमेह २ देखा परेपछि भेन्टिलेटरमा राखि उपचार गरिएको प्रतिष्ठानले जनाएको छ । यो संगै स्याङ्जामा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।