डडेल्धुराको गन्यापधुरा गाउपालिकाको बजेट ३३ करोड २१ लाख ४२ हजार १ सय २९
डडेल्धुराको गन्यापधुरा गाउपालिकाको नवौ गाउसभा बुधबार उद्घाटन भएको छ । गाउपालिका अध्यक्ष नबल बहादुर मल्लको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नीति तथा कार्यक्रम गाउपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ करोड २१ लाख ४२ हजार १ सय २९ बराबरको बजेट प्रस्तुत गरेकि हुन ।
शर्त अनुदान पुजिगतमा संघिय सरकारबाट १४ करोड ३९ लाख, वित्तियसमिकरण अनुदानमा संघिय सरकारले ७ करोड ६१ लाख र प्रदेश सरकारबाट ६९ लाख १९ हजार,राजस्व बाँडफाँडमा संघिय सरकारबाट ६ करोड ३१ लाख ८९ हजार १ सय २९ र प्रदेश सरकारबाट १४ लाख ५४ हजार,बिशेष अनुदानमा संघिय सरकारबाट पुँजीगत १ करोड ८० लाख, समपुरक अनुदानमा संघिय सरकारबाट पुँजीगत १ करोड ६६ लाख प्राप्त हुने गाउपालिकाले प्रस्तुत गरेको छ ।
यस्तै गाँउपालिकाको आन्तरिक आय ५९ लाख ८० हजार रुपैयाँ गरि ३३ करोड २१ लाख ४२ हजार १ सय २९ रुपैयाँ बराबरको बजेट गाउपालिकाले प्रस्तुत गरेको छ । सभामा बोल्दै गाँउपालिका अध्यक्ष नवल बहादुर मल्लले कृषिलाई प्राथमिकता दिदै कृषकलाई प्रोत्साहन दिई आत्मनिर्भर बनाईने र बैदेेेशिक रोजगार गुुुमाएर आएका युवालाई लक्षित गरि उनिहरुलाई रोजगार सिर्जना गरिने बताए ।