नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप ६२९ जनामा कोरोना पुष्टि


काठमाडौं,असार १० । नेपालमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१९ जना पुरुष र ११० जना महिला छन् । योसँगै कुल संक्रमित संख्या १० हजार ७२८ जना पुगेको छ भने दुई हजार तीन सय ३८ जना कोरोना मुक्त भएका छन ।