कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

बोलन्या थली | ९ असार २०७७, मंगलवार
कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

असार ९, काठमाडौं । नेपालमा मंगलवार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा ९०  जना महिला र ४४८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । सुर्खेतस्थित विरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्षमा उपचाररत दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ वस्ने ४५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू