अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना


अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। अछामबाट धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा दुर्घटना भएको हो ।
जीपमा कति यात्रु थिए भन्नेबारेमा खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ ।
