कैलालीको गौरीगंगा नगरपालिमा लकडाउनमा कडाई

बोलन्या थली | ९ असार २०७७, मंगलवार
कैलालीको गौरीगंगा नगरपालिमा लकडाउनमा कडाई

धनगढी,असार ९ । कैलालीको गौरीगंगा नगरपालिले लकडाउनमा कडाई गरिएको छ। असार ७ गते आइतबार बसेको नगर कार्यपालिकाको बैठकले अर्को सूचना जारी नहुँदासम्म नगरपालिका भित्र अत्यावश्यक काम बाहेक अरु सेवा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि नियन्त्रण गर्न थप चुनौतीपूर्ण हुने भन्दै नगरपालिकाले सो निर्णय गरेको हो ।

नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवासँगै व्यापारव्यवसाय समेत अर्को सूचना जारी नभएसम्म संञ्चालन नगर्न निर्देशन दिइएको नगरप्रमुख भीमबहादुर देउवाले बताए। साथै नगरवासीलाई विना काम बाहिर ननिस्कन समेत आग्रह गरेको उनले बताए।

जनाअवजको टिप्पणीहरू