प्रदेश १ मा सरकारविरुद्ध अनिश्चितकालिन अनसन सुरु
मोरङ,असार ९ । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मंगलबारे अस्पताल नामाकरण विवादलाई लिएर सोमबारदेखि प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना कार्यक्रम सुरू गरिएको छ ।
प्रदेश १ सरकारले बिगत ३ बर्ष सम्ममा पनि प्रदेशको नाम राख्न नसकिरहेको अवस्थामा स्थानिय मंगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरेसँगै स्थानियहरु सो को विरोधमा उत्रिएका हुन् ।
अस्पतालको नाम परिवर्तन गर्ने घोषणाविरुद्ध आन्दोनरत संघर्ष समितीले सोमबार अस्पतालको गेट अगाडि धर्ना सुरु गरेका छन् । नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मञ्ज सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपाल उर्लाबारी र मंगलबारेका युवा समुहलाई एक गरी निर्माण गरिएको सयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्तर्गतको शान्तीपूर्ण धर्ना कार्यक्रमको सुरुवात गरेको बताइएको छ ।
प्रदेश १ सरकारले आफ्नो आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाल समा रहेको मंगलबारे अस्पतालको स्तरोन्नती गर्ने भन्दै अस्पतालको नाम नै परिवर्तन गर्नुपर्ने सर्त आगडी ल्याएको थियो । सो प्रस्तावको बिरोध गर्दै स्थानीयहरु बिगत १५ दिनदेखि आन्दोलनरत रहेका छन् ।
प्रदेश सरकारले स्थानीय सरकार तथा अस्पताल समितिसँग कुनै समन्वय नगरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरेपछि स्थानीयहरु आन्दोलित बनेका हुन् ।