क्वारेन्टिनबाट घर फर्किएका ३६ वर्षीय पुरुषको मृत्यु

बोलन्या थली | ९ असार २०७७, मंगलवार
क्वारेन्टिनबाट घर फर्किएका ३६ वर्षीय पुरुषको मृत्यु

धनगढी ,असार ९। कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बालसेवा माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका लम्की चुहा नगरपालिका–७ का पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

आइतबार उनको आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको थियो ।

उनी भारतबाट आएर १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्केका थिए ।

जनाअवजको टिप्पणीहरू