डब्लुएचओ ले भन्यो, ‘नेपालमा थप सर्तकता आवश्यक छ’

बोलन्या थली | ८ असार २०७७, सोमबार
डब्लुएचओ ले भन्यो, ‘नेपालमा थप सर्तकता आवश्यक छ’

काठमाडौं,असार ८ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिकरुपमा अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।

लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।


उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुनपानीले हातधुन पनि आग्रह गरे ।

जनाअवजको टिप्पणीहरू