डडेल्धुरामा ९ जना कोरोना संक्रमित आईसोलेसन कक्षबाटै भागे

बोलन्या थली | ७ असार २०७७, आईतवार
डडेल्धुरामा ९ जना कोरोना संक्रमित आईसोलेसन कक्षबाटै भागे

डडेल्धुरा, ७ असार। डडेल्धुरामा पीसीआरमा कोरोना रिर्पोट पोजेटिभ आएकाहरु भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट ९ जना कोरोना संक्रमित भागेका हुन् ।

संक्रमितहरुले आईसोलेसनमा बसेको दिन देखी नै बस्नको उचित व्यवस्था नभएको गुनासो गर्दे आएका थिए । उनीहरुले यसअघि जनप्रतिनीधीहरुलाई उचित व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा कुनै वास्ता नगरेको आरोप लगाएका छन । नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिँहका अनुसार २९ जना संक्रमितलाई आईसोलेसनमा राखिएकोमा ९ जना भागेका हुन्।

उचित व्यवस्थापन नभएकै कारण उनीहरु भागेको अनुमान छ । नगरपालिकाको वडा नम्बर ५ को क्वारेन्टिनमा रहेका उनीहरुमा शुक्रवार कोरोना पीसीआर रिर्पोट पोजेटिभ आएको थियो।

जनाअवजको टिप्पणीहरू