कस्तो रहला आज दिनभरको मौसम ?
बोलन्या थली |
७ असार २०७७, आईतवार
काठमाडौँ, ७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापिय प्रणालीको समेत विकास भएको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ्र ।
दिउँसोः गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिकदेखि सामान्य बदली रहनेछ, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


