कैलाली अपडेट : शुक्रवार ५५ जना पोजेटिभ

बोलन्या थली | ६ असार २०७७, शनिबार
कैलाली अपडेट : शुक्रवार ५५ जना पोजेटिभ

धनगढी : कैलालीमा शुक्रवार थप ५५ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा ४८ जना र धनगढीमा भएको परीक्षणमा सात जना गरी ५५ जनामा कोरोना पुष्टि भएको हो। सबैभन्दा बढि बर्दगोरीया गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालवहादुर धामीले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा २१ र धनगढी परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार बर्दगोरीयाका २३ जना मध्ये १५ जना संक्रमित जगन्नाथ प्राविको क्वारेन्टिनमा रहेका छन्। बाँकी ८ जनाको भने वडा खुलेको छैन्।

यस्तै घोडाघोडी नगरपालिकाका ११ जनामा पनि कोरोना पुष्टि भएको छ। उनीहरुको वडा खुलेको छैन्। जानकी गाउँपालिका १० जनामा कोरोना पुष्टि भएकोमा वडा नम्वर २ का दुई जना, वडा नम्वर ८ का एक जना, वडा नम्वर ७ का दुई जना र वडा नम्वर १ का चार जनामा कोरोना पुष्टि भएको छ। एक जनाको भने वडा खुलेको छैन्। 

यस्तै कैलारी गाउँपालिकाका ६ जनामा पनि शुक्रवार कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा ५ र धनगढी परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो। गाउँपालिकाको वडा नम्वर ९ का चार जना र वडा नम्वर ८ का एक जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको वडा खुलेको छैन्।

टीकापुर नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएकोमा उनीहरु विरेन्द्र माविको क्वारेन्टिनमा छन्। यस्तै गोदावरी नगरपालिका वडा नम्वर १ का पाँच जनामा पनि कोरोा पुष्टि भएको छ। उनीहरु मध्ये तीन जना कोरोनाका कारण मृत्यु भएका पुरुषकी श्रीमती र दुई छोरा हुन्। 

जनाअवजको टिप्पणीहरू