विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार नाघ्यो

बोलन्या थली | ६ असार २०७७, शनिबार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार नाघ्यो

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार ५ सय १९ पुगेको छ भने संक्रमितको संख्या ८७ लाख ५७ हजार ७ सय ५० पुगेको छ ।

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४६ लाख २५ हजार ४ सय ४९ जना उपचारपछि निको भएका छन् ।हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ लाख ९७ हजार १ सय ९० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ९ लाख ५६ हजार ६१ जना निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ भने संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ५ लाख ६९ हजार ६३ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू