अस्पतालमै आत्मदाह गरेका आउजीको परिवारलाई ५ लाख राहत दिने

बोलन्या थली | ५ असार २०७७, शुक्रबार
अस्पतालमै आत्मदाह गरेका आउजीको परिवारलाई ५ लाख राहत दिने

अछाम,असार ५। अछामको बयालपाटा अस्पताल प्रशासनले आत्मदाह गरेका आफ्ना कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई राहत दिने भएको छ । जिल्लाका सरोकारवालाहरुसँगको छलफलमा राहतस्वरूप ५ लाख र आफूलाई रोजगारीको व्यवस्था गरिने बताइएको मृतककी श्रीमती गौरी आउजीले बताइन्।

‘सबैले सल्लाह गरेर क्रिया खर्च र राहत सहयोग ५ लाख अनि मलाई त्यही अस्पतालमा रोजगारी दिने भनेको गौरीले बताईन् । अस्पतालले आर्थिक संकट भएको भन्दै निकालिएका अन्य ३२ जना कर्मचारीका बारेमा आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्न सकेको छैन । गत जेठ २८ गते न्याय हेल्थ नेपालका अध्यक्ष सुरज वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा करार सम्झौता नवीकरण नहुने भनि गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

‘सरोकारवालाको सुझावबमोजिम वैशाख ३१ गते बसेको संस्थाको कार्यकारिणी समितिले आगामी आव ०७७र७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरुको करार सम्झौता नवीकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्थाको दिगो व्यवस्थापनका लागि चालु खर्चका लागि आवश्यक अनुदान उपलब्ध गरिदिन स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग विज्ञप्तिमार्फत नै अनुरोध गरिएको छ । जागिरबाट हटाइएकै कारण एक जनाको ज्यान गइसकेको छ । 

जनाअवजको टिप्पणीहरू