धनगढी उपमहानगरपालिको आफ्नै आईसोलेशन कक्ष निर्माण हुदै

बोलन्या थली | ५ असार २०७७, शुक्रबार
धनगढी उपमहानगरपालिको आफ्नै आईसोलेशन कक्ष निर्माण हुदै

धनगढी,असार ५ । प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माण गरिरहेको छ । 

धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ ।

यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख नृपबहादुर वड वडले बताए ।उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको  छ । 

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले एक दुई दिनमा नै संचालनमा ल्याउन सक्ने गरि आईसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । 

जनाअवजको टिप्पणीहरू