गन्यापधुरामा कडाइ !

बोलन्या थली | ४ असार २०७७, बिहीबार
गन्यापधुरामा कडाइ !

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले लकडाउलाई थप कडाई गर्ने जनाएको छ। गाउँपालिकामा बिहिबार एकै दिन ४० जनामा कोरोना भाईरसको सक्रमण पुष्टि भएपछि गाउँपालिकाले सुचना जारी गर्दै लकडाउन लाई थप कडाई र सिल गर्ने निर्णय गरेको हो।

प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङ द्वारा जारी गरिएको सुचनामा स्वास्थ्य संस्था बाहेक बैक तथा पसलहरु समेत असार १२ गते सम्मका लागी पुर्ण बन्द गरिने जनाएको छ। एक गाउंबाट अर्को गाउंमा जान समेत प्रतिबन्ध गरिएको छ। आन्तरिक यातायात सेवा समेत बन्द गरिएको सुचना मार्फत जानकारी गराईएको हो।

बिहिबार मात्रै गाउपालिकामा ४० जनामा कोरोना भाईरसको सक्रमण पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू