गन्यापधुरा :भान्सेमा कोरोना देखिएसगैं क्वारेन्टाइन बसेका अधिकाशंमा कोरोना पुष्टि
गन्यापधुराको वडानम्बर २ मा एक जनाबाहेक २० जना एकै क्वारेन्टाइन बसेकाहरुमा कोरोना संक्रमीत रहेको खुलेको छ । गाउपालिकामा रहेको बडाल माबी क्वारेन्टाइनमा बसेका अधिकान्शमा कोरोना संक्रमण भएको हो । क्वारेन्टाइनबाटै कोरोना संक्रमण भएको सोहि क्वारेन्टाइन बसेका उमेश देउवाले बताए । जेष्ठ २३ गते क्वारेन्टाइनका भान्सेलाई कोरोना संक्रमण पुष्टि भएपछी भान्सेबाटै अरुमा कोरोना संक्रमण भएको आशंका भएको उनले बताए । कोरोना संक्रमण देखिएका २० जनाकै पहिलो पिसिआर रिपोर्ट नेगेटिभ आएपनी उत्त क्वारेन्टाइनमा भान्से सहित ४ जनामा कोरोना देखिएपछी क्वारेन्टाइनमा बसेकाहरु पुनः पिसिआर जाँच गर्दा उनिहरुमा कोरोना सन्क्रमण देखिएको हो । ओरोना पोजेटिभ देखिएका सबै घरमै बस्दै आएका छन । बिहिवार गन्यापधुरामा थप ४० जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाण्डाैकाे टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको हो । गाउपालिकाको वडा नम्बर- १ का १ जना, वडानम्बर २ का २१ जना, वडानम्बर ३ का २ जना, वडानम्बर ४ का १५ जना, वडानम्बर ५ का १ जना र ठेगान नखुलेकोले अरु थप कोरोना संक्रमीत हुन सक्ने गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।