सुदुरपश्चिममा अहिले सम्मकै उच्च कोरोना संक्रमित थपिए, २३८ जनामा संक्रमण पुष्टि

बोलन्या थली | ४ असार २०७७, बिहीबार
सुदुरपश्चिममा अहिले सम्मकै उच्च कोरोना संक्रमित थपिए, २३८ जनामा संक्रमण पुष्टि

धनगढी, असार ४ । सुदूरपश्चिममा आज २३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३, सेती प्रादेसिक अस्पतालमा २४ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २३८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कर्णालीको एक प्रयोगशालामा कैलालीकै थप एकजनामा कोरोना भाइरस संक्रमण पाइएको छ।
यसैगरी कैलालीका ३ जना, कञ्चनपुरका २० जना र अछामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशि अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६१७ पुगेको छ। कोरोना पुष्टि भएका चारजनाको मृत्यु भएको छ। ८१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन्।

जनाअवजको टिप्पणीहरू