सदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोना पुष्टि

बोलन्या थली | ४ असार २०७७, बिहीबार
सदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोना पुष्टि

धनगढी,असार ४ डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले बताएका छन्।

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला र स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो।

जनाअवजको टिप्पणीहरू