अरुको उद्दार गर्दै थिए , आफै अस्ताए !
धनगढी, ३ असार ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज साँझ मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय कोरोना संक्रमितको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।
चिकित्सकले उनलाई कडा खालको निमोनियासंगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन् ।
चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढि भइसकेको थियो । उनी बस मालिक हुन् ।
भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए । उनी कहिले आफै बस चलाउथे । कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताईएको छ ।
कोरोनाको लक्षण देखिएपछि माया मेट्रो अस्पताल पुगेका उनी इमर्जेन्सीमा सामान्य उपचारपछि घर फर्केका थिए । उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए । नवजीवनको आईसियुमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिवार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याईएको थियो ।
सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।
उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको थियो । खराव मौसमका कारण आज नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन । भोलि उनको उद्दारका लागि निगमको सानो जहाज धनगढी आउदै थियो ।
अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्दार हुन नपाएरै मृत्यु भयो ।