रोपाइँ नसकिँदै सरकारले तोक्यो धानको समर्थन मूल्य
बोलन्या थली |
३ असार २०७७, बुधबार
काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको मूल्य तोकेको हो ।आर्थिक वर्ष ०७७/७८ को लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य तोकिएको हो ।
‘संरक्षित कृषि,सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।
कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषदमा पेश गरेको थियो ।चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक धानको मूल्य निर्धारण भएको मन्त्रालयले जनाएको छ ।


