कैलालीमा जीप र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु
बोलन्या थली |
३ असार २०७७, बुधबार
कैलालीको गोदावरी नगरपालिका स्थित लालपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकल र जीप एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदां से ४ प ७३९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
मृतकको साथमा जोशीपुर गाउँपालिका २ का गम्भिर कोटकेनी लेखिएको मतदाता परिचय पत्र भेटिएको भएपनि प्रहरीले भने यसको पुष्टि गरेको छैन । सडक दुर्घटनामा परी मृत्यु भएकाको वारेमा विस्तृत जानकारी आउन भने बाँकी छ ।


