प्रधानसेनापति र सशस्त्र प्रहरी प्रमुख दार्चुलाको छाङरु प्रस्थान

बोलन्या थली | ३ असार २०७७, बुधबार
प्रधानसेनापति र सशस्त्र प्रहरी प्रमुख दार्चुलाको छाङरु प्रस्थान

काठमाडौँ,असार ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक९आईजीपी० शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो ।

दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जनाअवजको टिप्पणीहरू