सुदूरपश्चिममा आज १७ जना कोरोना पोजेटिभ

बोलन्या थली | २ असार २०७७, मंगलवार
सुदूरपश्चिममा आज १७ जना कोरोना पोजेटिभ

 सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

उनका अनुसार आज तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको उनले बताए। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो। 

जनाअवजको टिप्पणीहरू