सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३४७ पुग्यो


सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना संक्रमीत थपिएका छ्न । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ।
