” वी फर ह्युमिनिटी ” अभियान लाई सहयोग
परशुराम नगरपालिकामा र सात पहाडी जिल्लामा संचालित ‘दीर्घ बिरामीहरूलाई घर दैलो मैं निशुल्क औषधि वितरण अभियान ‘ अभियानमा उच्च शिक्षा अध्ययनका लागि युरोप जानुभएका, अध्ययन पश्चात युरोप मै व्यवसाय सञ्चालन गरी सफल युवा व्यवसायीको पहिचान बनाउनु भएका, परशुराम – १२ जोगबुडा निवासी श्री श्याम वडायर जोशी ज्यूले ” मानबता का लागी हामी अभियान ” लाइ निशुल्क औषधि वितरणका लागि रु. ५०,०००/- (पचास हजार) सहयोग गर्नु भएको छ ।
यस अभियानले बन्दाबन्दी सुरु भएपछी दिर्घ रोग मुटु, दम, सुगर , प्रेसर आदिको औसधि निसुल्क बितरण गरिरहेको यस अभियानका सयोजक भरत बडायर जोशीले जानकारी गराउनु भयो । यस अभियानको नेतृत्व भरत वडायर जोशी / निरज वाग (संयोजक) , खगेन्द्र भट्टराई, बलदेव धामी, तेज बोहोरा, टेकराज पन्त लगायत अन्य युबाहरुले नियमित अभियान सन्चालन गरिरहेको जानकारी सामाजिक अभियन्ता बलदेब धामिले बोलन्या थलीलाई जानकारी गराउनु भएकोछ ।
त्यसैगरी यस अभियानले केहिदिन अघि पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदज्यूलाई रू ५०,७२५ को बृद्ध तथा दिर्घरोगीहरूलाई अत्यावश्यक पर्ने औषधी हस्तान्तण गरेको थियो ।
यस अभियान का संयोजक भरत बडायर जोशीले यस अभियानलाई अगाडि बढाउन सहयोग पूर्याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अभियानमा जोडिन चाहने समाजसेवीहरुलाई सधै स्वागत गरिने जानकारी गराउनु भयो ।
तस्बिर :- टेकराज पन्त , संबाददाता – बोलन्या थली