काेराेना कहर र मेराे क्याेटाे यात्रा …


– विकाश बोहरा
कुरा गत मार्च २७ काे हाे, युनिभर्सिटीकाे कार्यक्रममा सरिक हुन् क्याेटाे जानुपर्ने भयाे । क्याेटाे घुम्नु जापान आउँने जाेसुकैकाे लागि ठूलाे अवसर मानिन्छ, झन् लगातार ६ महिनादेखी हिराेसिमाकाे बन्द काेठामा ‘रुम कलेज अनि रुम’ काे परिधिमा घुमिराखेकाे मेराे उराठलाग्दाे दैनिकीका लागि याे मरुभूमिकाे विचमा मरुध्यान भेटिनु झै हर्षकाे कुरा थियाे । संक्षेपमा भन्नुपर्दा, म उत्साहित थिए र हुनुपनि पर्थ्याे, क्याेटाे-जापानकाे पुरानाे राजधानी र अहिले पनि सांस्कृतिक अनि पर्यटकिय केन्द्र, जहाँ म छिट्टै पाईला टेक्ने संघारमा थिए । तर मैले याे आमाेद र काैतुकतामा केही ह्रास भएकाे महसुस गरे मार्च २७ नजिकिँदै जाँदा, कारण एउटै थियाे- ‘विश्वव्यापी काेराेना कहर’ ।
डिसेम्बर देखि मार्च नसिद्धिदै काेराेनाले दुनियाँभर सिकन्दर महानकाे झै बलियाे साम्राज्य खडा गरिसकेकाे थियाे, जेंगिस खान अहिले ज्युँदा हुदा हुन् त गर्वले पिठ्युँ थपथपाउँदै भन्दा हुन् ‘स्यावास्, याे धर्ति महान् छ, यहाँ यस्तै वीर जन्मन्छन्’ । याे त भयाे ह्युमर, अब रियालिटी तिर माेडियौ, साच्चै म केही उत्साहित त ज्यादा त्रसित थिए क्याेटाे भ्रमणलाई लिएर ।
मार्च २७ काे बिहान ९ बजे साइजाे स्टेसनमा लाेकल ट्रेन चढ्ने र हिराेसिमा सिटी पुगेर सिंकानसेन (बुलेट ट्रेन) चढ्ने
पुर्वनिर्धारित तालिका रहेकाेले म बिहान देखि नै सजग थिए । हल्का बिहानकाे नास्ता खाईवरी बाहिर निस्कदा हल्का झरि परिरहेकाे थियाे, काेठा भित्र छिरेर फेरी रेनकाेट र छाताकाे बन्दाेबस्त गर्दा म केही ढिलाे भईसकेकाे थिए र स्टेसनसम्म साईकलमै जानुपर्ने भएकाेले हतार महसुस हुँदै थियाे । स्टेसन पुग्दासम्म अलि अबेर भैसकेको थियाे र संगै क्याेटाे भ्रमण गर्नुहुने तुलसी सर धेरै अघि स्टेसन पुगेर प्रतिक्षामा हुनुहुन्थ्याे । अलि ढिलाे भएकाेमा एक्सक्युज माग्दै हामी ट्रेनभित्र छिर्याै । विगत १०/१५ दिनदेखि निरन्तर मास्क खाेज्दा साईजाेकाे बजारमा कहिकतै नभेटाए पछि तुलसी सरलाई केही मास्क मेराे लागि पनि ल्याउनहुन आग्रह गरेकाे थिए, उहाँ ले सम्झनुभएकाे रहेछ । ५ वटा मास्क भएकाे एउटा सेट उहाँबाट पाऊदा अमृत मिलेझै अनुभूति भयाे, बडा सजग भईकन एउटा मास्क मुखमा लगाउँदा संसारकै धनी व्यक्तीकाे सूचिमा सुचिकृत भएकाे महसुस गर्न थाले केहिबेर । ट्रेन अाफ्नै रफ्तारमा कुदिराखेकाे थियाे, एकछिनमै हिराेसिमा स्टेसनमा चर्काे स्वरमा नाउँ अनाउन्स हुदा थाहा भयाे हामी हिराेसिमा पुगेछाैं । सिंकानसेन (बुलेट ट्रेन) भित्र चढ्दा बाहिर झरी निरन्तर जारी थियाे र झन् अझै जाेडसित मानाैं अाफ्नाे अधिनायकत्व सिद्ध गर्नु थियाे उसलाई । सिंकानसेनकाे यात्रा पहिलाे पटक गरिरहेकाे हुनाले हाेला म अलि बढ्दा उत्साहित थिए । सिंकानसेन भित्रकाे दृश्य मैले कल्पना गरेझै थियाे- सफा र चिटिक्क सिटहरु, भित्ताहरुमा एचडि डिस्प्ले, द्रुत इन्टरनेट र वीचमा हिडडुल गर्न पर्याप्त ठाउँ । काेराेनाकाे त्रासदीले गर्दा सिंकानसेनका सिटहरु प्रायः खाली देखिन्थे ।
म ट्रेनकाे देब्रे पट्टिकाे झ्यालतिरकाे सिटमा बसे, सार्वजनिक यातायातमा झ्यालकाे सिट सदैव मेराे पहिलाे राेजाई हुने गर्दछ किनकि प्रकृति अनि बदलिँदो भाैगाेलिक परिवेश संग गज्जबले बिचरण गर्न पाईने लालसा सधै मनमा रहिरहन्छ। करिब ३ घण्टाकाे यात्रा दाैरान मैले हातहरु गाेजिबाट बाहिर झिकेर सिटहरुकाे यताउता स्पर्श गर्ने दुस्साहस गरिन्, सायद मैले काेराेनाकाे साम्राज्यलाई मनाेवैज्ञानिक रुपमा स्विकारी सकेकाे थिए । बाटाेमा कुन कुन ठाउँहरु अाए मलाई पत्ताे भएन तर सुन्दर चै बिछिट्टै थिए । क्याेटाे स्टेसनमा झर्दा दिउँसाेकाे करिव १ बजिसकेकाे थियाे । क्याेटाे स्टेसनकाे बारेमा धेरै किस्सा सुनेकाे अनि पढेकाे थिए, प्रत्यक्ष रुपमै टहलिन पाउँदा म निकै खुशी थिए । काेराेना महामारीले गर्दा त्यति घुँईचाे थिएन् स्टेसन अासपास तथापि जति मानिसहरु देखिन्थे त्यसमा अाधा जसाे गैर जापानी नै देखिन्थे, यहाँबाट पनि मैले क्याेटाेकाे पर्यटकीय महत्व अड्कल गरिसकेकाे थिए । सबै हतार अनि हतास देखिन्थे, गन्तव्यमा पुग्ने सधैकाे मानवीय हतार त काेराेनाले सिर्जित माैसमी हतास भनि ठम्याए र सायद म गलत थिईन् पनि हाेला । केहिबेर अज्ञानी जन्तुझै क्याेटाे स्टेसन वरिपरि टहलिदै गर्दा जानुपर्ने हाेटेलकाे केही मेसाे नमिलेपछि गुगल म्यापकाे प्रयाेग गर्ने जुक्ति फुर्याे । हाेटेलसम्मकाे रुट अन गर्याै र लम्किदै गर्याै, पानी पर्न अझै रुकेकाे थिएन् । १० मिनेटकाे पैदल हिडाइ पछि हामी दुई रात बस्ने हाेटेल आईपुग्याे, रेल हिन्ने लिककाे छेवैमा रहेछ हाेटेल । हाेटेलकाे रिसेप्सनमा प्रवेश गर्दा सुरुमा अल्काेहल सेनिटाईजर खाेजियाे, तीनपटक दबाएर हातमा स्प्रे छर्केपछि ठुलै महासंकटबाट उन्मुक्ति पाएकाे मुखाकृति बनाउदै रिसेप्सनिस्टलाई चेक ईनकाे लागि आग्रह गरे । सबै सामान्य प्रक्रिया पूरा भैसकेपछि काेठाकाे साँचाे लिएर लिफ्ट भित्र छिर्याै । लिफ्टमा आफ्नाे काेठा भएकाे तला इंगित अंक थिच्दा बडा संघर्ष गर्नुपर्याे । सिधै थिच्ने कि कुनै रुमाल वा पेपर अाैलामा बेरेर भन्ने द्विविधा भयाे, अाफ्नाे खल्ती र वरिपरि केही नभेटेपछि लाचार भै थिचियाे नांगाे अाैलाले लिफ्ट बटन । दक्ष प्रजापतिकाे यज्ञमा हाम फाल्न पनि सायद सतिदेवीले यति धेरै समय खर्चिएर साेच्नुभएकाे थिएन् हाेला । काेठामा छिर्ने बित्तिकै सेनिटाईजर छर्कन अल्छि गरिएन्, बाथरुमतिर गएर हातमुख धाेएर एकछिन खाटमा पल्टिँदा पुजर्ताजगि महसुस भयाे । एकछिनमा काेठामा निकै गर्मि महसुस भयाे, एसिकाे रिमाेट सिरानी तिर रहेछ । रिमाेटकाे स्विच अन गर्दा फेरि मनमा असन्ताेष पैदा भयाे । मनले मानेन, कुदियाे बाथरुमतिर, हात राम्ररी धाेईयाे र फेरि बेडमा पल्टिए । अब म ढुक्क थिए, याे रिमाेट पहिले जाेसुकैले स्पर्श गरेकाे हाेस् म चै सुरक्षित छु भन्ने कुरामा । एकछिन निदाउनै लागेकाे के थिए, छेउकाे काेठाबाट तुलसी सरले फाेन गर्नुभयाे खाना खान जाउ भन्ने अाग्रह सहित । अब मलाई पनि साच्चिकै भाेक महसुस हुन थाल्याे । गुगल गरेर नजिकका नेपाली रेस्टुरेन्ट सर्च गर्दा थाेरै दूरिमा खासै नभेटिएपछि क्याेटाे स्टेसनकाे म्याकडाेनाल्ड जाने निधाे गरियाे । गलत बाटाे पछ्याउँदै जाँदा थाेरै बढि समय लागेतापनि अन्तत: काेलम्बसले अमेरिका पत्ता लगाए जस्तै हामी पनि म्याकडाेनाल्ड भेट्टाउन सफल भएका थियाै । अब चै गज्जबकै भिड भएकाे ठाउँमा सुरक्षित हुनुपर्ने चुनाैती हामीसामु अाईलाग्याे । टम क्रुजले मिसन इम्पाेसिबल सिरिजमा बडा सजगताका साथ मिसन अगाडि बढाएझै बिलिङ्ग सक्काएर टेबलमा खान बसियाे । हतारहतारमा खाईयाे र सायद १० मिनेटमात्र म्याकडाेनाल्डमा व्यतित गरेकाे पहिलाे अवसर थियाे हाेला । बाहिर निस्कदा शरिरमा उर्जा प्रवाह भईरहेकाे महसुस गर्याै र अब नजिकका एक दुई ठाउँ घुम्ने निश्चय गर्याै । युनेस्काेकाे विश्व सम्पदा सूचिमा सुचिकृत दुईवटा बाैद्ध मन्दिर नजिकै रहेछन्, त्यहि जाने निधाे सहित लम्कियाै । संकटको समयमा पनि दुबै मन्दिरमा ठिकठाकै भिड देखिन्थ्याे । प्राचीन प्यागाेडा शैलिमा बलियाे काठबाट निर्मित मन्दिरहरु निकै कलात्मक देखिन्थे र छेउतिर फूलेका सेता साकुराहरुले मन्दिर परिसरकाे सुन्दरतामा निखार ल्याउने काम गरेका थिए । मन्दिर भित्र एउटा ठूलाे ध्यान गर्ने हल पनि रहेछ, जहाँ हामीले पनि आधा घण्टा बसेर थकाई मार्याै वा भनाैं ध्यान गर्याै ।मन्दिरबाट हाेटेलमा फर्किदा साँझ परिसकेकाे थिए । अब चै म्याकडाेनाल्ड नभई नेपाली रेस्टुरेन्ट नै गएर टन्न दालभात खाने याेजना मुताबिक गुगलमा नजिकमा देखाएकाे हाेटेल पछ्याउँदै गयाै । १५ मिनेटमा हाेटेल पुगियाे, हाेटेलमा सेनिटाईजर थिएन्, हात धुन धारातिर जादा साबुन पनि सानाे सुक्ष्मदर्शी यन्त्रले हेर्ने खाले टुक्रा बाँकि रहेछ । हात धुदै जादा साबुन कता हराएछ पत्तै भएन । खसिकाे मासु र राेटी अर्डर गर्याै र खाना आउन्जेल रेस्टुरेन्टका मालिकसंग भलाकुसारी गर्न ठिक ठान्याै । काेराेना संकट पछि हाेटेलकाे व्यापार ठप्प रहेकाे वेलिविस्तार उहाँले लगाउनुभयाे र उहाँको कुरामा थप बजन थप्न उहाँकि जहान पनि नजिक आउनुभयाे र नाेक्सानकाे प्रतिवेदन एक श्वासमा सुनाउन भ्याउनुभयाे । काम गर्ने २ जना अरु नेपाली भाईहरु निकै मृदुभाषी र फरासिला थिए । खाना त्यति ताजा र स्वादिष्ट लागेन तर नखाईकन सुख पनि त थिएन् ।
खाना खादै गर्दा साहुनीले नेपाली बियर पनि उपलब्ध भएकाे जानकारी दिदै गर्दा मैले, ‘नाई पर्दैन्’ भनी तत्काल प्रस्ताव नकार्दा साहुजी अलि दुखी देखिन्थे । अन्त्यमा बिल तिर्नेबेला साहुजि भन्दै थिए, ‘भाेलि पनि आईन्छ कि सर’ । हामीले अस्पष्ट उत्तर दियाै, ‘हेराै, के हुन्छ’ बाटाेमा खाना त्यति अपेक्षित नभएकाे चर्चा परिचर्चा गर्दागर्दै हाेटेल पुगिएछ । दिनभरी धेरै हिडेर हाेला कतिखेर भुसुक्कै निदाईयाे पत्तै भएन् ।
मार्च २८ काे बिहान उठ्दा ८ बजिसकेछ । ९ बजे प्राेफेसरलाई भेट्न अर्कै हाेटेल पुग्नुपर्ने भएकाे हुँदा हतारमा हाेटेलकाे प्याकेजमा उपलब्ध ब्रेकफास्ट खायौं र लाग्यौं अर्काे हाेटेलतिर । हाेटेलकाे लबिमा केहिबेर प्रतिक्षा गरिसकेपछि प्राेफेसर आउँनुभयाे र हाेटेलकाे बसाइँबारे साेध्नुभयाे, हामीले सबै राम्राे नै भएकाे जिकिर गर्याै । त्यसपश्चात तिनैजना दिनभरीकाे तालिका बमोजिम संग्रहालय तथा पुस्तकालय चहार्दै हिन्याै । प्राेफेसरले अाफू पढेकाे क्याेटाे युनिभर्सिटी पनि घुमाउनुभयाे, युनिभर्सिटी वास्तवमै भव्य थियाे ।
अन्त्यमा तिनैजनाले रामेन सुप (जापानी सुप) खायौं दिउँसोको खाजास्वरुप । अब प्राेफेसर हामीबाट बिदा हुनुभयाे र हामी लाग्यौं रिट्सुमेकन युनिभर्सिटीमा पढ्ने मेरा मित्र भानुभक्त भट्टलाई भेट्न । उहाँ र उहाँकाे ६ बर्षिय छाेरा हामीले प्रतीक्षा गरेकाे ठाउँमा पुग्दा दिउँसोको ३ बजिसकेकाे थियाे । केही छिनकाे सन्चाे विसन्चाे साेधपुछ पछि प्रसिद्ध हिरानाे जिन्जा स्राईन घुम्न निस्कियाै । त्यहाँ चै निकै सुन्दर तवरले फुल्ने साकुराकाे बिछिट्टै सुन्दर बगैँचा पनि रहेछ, फेसबुककाे प्राेफाइल पिक्चर पाउने अाशमा विभिन्न काेणबाट थुप्रै तस्विर कैद गरिए क्यामेरामा । अबकाे गन्तव्य थियाे गाेल्डेन टेम्पल जुन क्याेटाेकाे लाेभलाग्दाे गन्तव्य मानिने रहेछ । गाेल्डेन टेम्पलमा अरुबेला प्रवेश गर्न लामाे लाईन लाग्नुपर्ने तर अहिले काेराेनाले गर्दा पर्यटककाे चाप कम भएकाे जानकारी भानुभक्त सर छिटाे छिटाे हिड्दै दिदै हुनुहुन्थ्यो । मुख्य मन्दिर पुग्न नपाउँदै जाेडसित पानी पर्न थाल्याे । एकछिन एउटा रुखकाे तल अाेत लाग्यौं र फेरि तस्विर खिच्ने अाफ्नाे नित्यकर्मलाई मैले छाेड्ने कुरै भएन् ।माैसमले साथ नदिएकाे हुदा चाहेर पनि सालिन स्वर्ण मन्दिरमा धेरै समय व्यतित गर्न सकिएन् । अब लुरुलुरु अलि भिझ्दै गफिदै भानु सरकाे काेठातिर लाग्यौं । काेठामा पुगेपछि भानु सर म्याडमकाे हातकाे मिठाे चियाकाे चुस्किसंगै बिस्कुट खादै कलेजका कुराहरु अनि अाफ्नाे रिसर्चका कुराहरु गर्न थाल्यौं । एकछिनपछि रिट्सुमेकनमै पढ्ने अरु सरहरु पनि अाउँदा काेठाकाे वातावरण झन उर्जामय बन्न पुग्याे । नेपालकाे सार्वजनिक प्रशासन सुधार देखि काेराेनाकाे विश्वव्यापी संकट अब गफका विषय बन्न थाले । अहिलेसम्म जेनतेन सुरक्षित भएकाे तर जाेखिम अत्यधिक रहेकाे कुरामा सबैकाे एक मत थियाे । केहिबेरकाे गहकिलो गफगाफ पछि रातिको खाना तयार भएछ । कुसुम म्यामकाे हातकाे खाना वास्तवमै अद्भुत थियाे । धेरै दिनपछि अाफ्नाे घरमा अामाले पकाउने जस्तै खाना खान पाएकाे मैले महसुस गरे ।
अब तुलसी सर र मैले अाफ्नाे हाेटेलतिर फर्कन भानु सर, कुसुम म्याम, अमर सर, पुरुषाेत्तम सरहरुबाट विदा माग्याै । हामीलाई छाेड्न उहाँहरु बस चढ्ने ठाउँसम्म अाउनुभयाे । सरहरुबाट बिदा भएर बसमा चढ्दा रातिको १० बजिसकेकाे थियाे, बाहिर हल्का सिमसिमे पानी परिरहेको थियाे । करिब ११ बजेतिर हाेटेलकाे रुममा पुगियाे र सुरुमा लागियाे बाथरुमतिर हात पखाल्न, जुन केही साता यता मेराे प्राथमिकतामा पर्दै अाईराखेकाे काम थियाे । दिनभरिकाे यात्राकाे थकान साथै भाेलि सबेरै हिराेसिमा फर्किने तालिकाले गर्दा दिनभरि घुमेका स्थानहरुकाे दृश्य मनमा झल्झलि संझिदै केहीबेरमै निदाईयाे ।
– लेखक नेपाल सरकारका अधिकृत हुन । हाल जेडिएस स्कलर अन्तर्गत हिरोशिमा बिश्वबिद्धालयम जापानमा अध्ययनरत हुनुहुन्छ ।