सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि


धनगढी,असार १। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो।
तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ।