डाक्टर आरजु देउवाको पहलमा क्वारेन्टिनमा फिल्टर सहयोग
ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाको पहलमा धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिका वडा नं ६ र ९ मा स्थापना गरिएका क्वारेन्टिनका लागि सिल्भर फिल्टर उपलब्ध गराएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) कैलालीका अध्यक्ष ममता शाह, सचिव सुनीता राना र कोषाध्यक्ष प्रमिला लम्सालले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई फिल्टर र स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन । ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प भएको बताईन । कोरोनाको संक्रमण संग लडिरहेकाहरुलाई उच्च मनोबल बनाउन पनि देउवाले आग्रह गरिन । ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) ले असहज अवस्थामा सहयोग गरेर उप–महनगरपालिकालाई ठूलो गुन लगाएको छ , नगरप्रमुख वडले भने, पटक पटक खाद्यान्न र स्वास्थ्य सामाग्री प्राप्त गरेका छौं ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले डाक्टर देउवाको पहलमा सुत्केरी, अति बिपन्न र लकडाउनका कारण छाकटार्न समस्या भएकाहरुका लागि पोषिलो खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको बताईन ।