सुदूरपश्चिम प्रदेश सरकारले आज वार्षिक बजेट प्रस्तुत गर्ने
बोलन्या थली |
१ असार २०७७, सोमबार
धनगढी,असार १ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि आज प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रस्तुत गर्ने तयारी पूरा भएको जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।सुदूरपश्चिम सरकारले यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गर्ने अनुमान गरिएको छ ।आज प्रदेशसभामा ४ बजे वार्षिक बजेट प्रस्तुत हुनेछ ।