किन ” देशमै गरिन्छ , देशमै मरिन्छ ” लेखियो ?


कैलाली (गोदावरी )- बिभिन्न सामाजिक काम मार्फत आफुलाई चिनाउन सफल ‘बोलन्या थली’ले अहिलेको बिषम समयलाई सुदुरपश्चिमले सदुपायोग गर्नु पर्ने भन्दै अभियान थालेको छ । उसले सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोडने गोदावरी पुलमा ‘अब देशमै गरिन्छ ,देशमै मरिन्छ’ भन्ने प्राचारात्मक ब्यानर राखेर अभियानको थालनी गरेको छ ।
बोलन्या थलीका संयोजक यादब जोशीले कोरोना भाइरसले जनजिबनमा पारेको असरलाई अबसरको रुपमा लिंदै सुदुरपश्चिमका पहाडी जिल्लाबाट उत्पादनको बिगुल फुक्नु पर्ने बताए ।
‘कोरोना पछिको अर्थतन्त्र के हुन्छ, पहाडमा ठुलो संख्यामा मनिसहरु भित्रिएका छन् त्यसैले ति भित्रिएका युबाहरुलाई गाउँ मै रोख्नु पर्दछ, यो अभियानको मुख्य उदेस्य यही हो ,’उनले भने ,’ पहाडको उत्पदानमा युबाहरु लगाउं, देश बनाउने यो अबसर हो ,प्रदेश सरकारको पनि बजेट आउंदै छ, यो कुरो सरकार पनि बुझोस ।’
उनले अब देशमै गरिन्छ ,देशमै मरिन्छ भन्ने नारा केबल निराशाको लागी नभएर युबाहरुलाई आशा जोगाउनको लागी बनाएको बताए ।