क्वारेन्टिनमा बसेकी महिलामाथि बलात्कारको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
क्वारेन्टिनमा बसेकी महिलामाथि बलात्कारको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

शनिवार राति १२ बजेतिर क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले आफुमाथि बलात्कार गरेको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ३१ बर्षीया महिलाले आरोप लगाएपछि तीनै जनालाई  इलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

जनाअवजको टिप्पणीहरू