कैलालीमा क्वारेन्टिन मै महिलामाथी बलात्कार

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
कैलालीमा क्वारेन्टिन मै महिलामाथी बलात्कार

कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि तीन जनाले बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलामाथि बलात्कार भएको आरोप लागेको हो। 

पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइन्। क्वारेन्टाइनमा प्रहरी पठाएको घटना बारे विस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र कार्कीले बताए ।

जनाअवजको टिप्पणीहरू