रिपोर्ट नआउदै घर पठाएका ११ जनामा कोरोना पुष्टि भएपछि गाउमा त्रास

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
रिपोर्ट नआउदै घर पठाएका ११ जनामा कोरोना पुष्टि भएपछि गाउमा त्रास

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा ११ जना रिपोर्ट नआउदै घर पठाएकामा कोरोना संक्रमण पुष्टि भएको छ।

लालझाँडी गाउँपालिका–४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ११ जनालाई रिपोर्ट नाऔदै जेठ ३० गते घर पठाइएको हो।
शनिवार लालझाँडी गाउँपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए ।

लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकका अनुसार १४ जना मध्येका ११ जनालाई स्वाब संकलन गरेर घर पठाएको बताए । उनले भने,रिपोर्ट आउन ढिला गरेको भन्दै उनिहरुले चाडो घर पठाउनु नत्र हामीहरु भागेर जान्छौँ भने पछि हामीले सुरक्षाकर्मीहरुहरुको सहमतिमा सेल्फ क्वारेन्टिनमा बस्ने गरी छाडिएको हौ,उनिहरुलैइ क्वारेन्टिनमा ल्याउने तयारी भइरहेको छ।’

रिपोर्ट नआउँदै घर पठाइएका ११ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना संक्रमणको त्रास बढेको छ।

जनाअवजको टिप्पणीहरू