नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
बोलन्या थली |
३२ जेष्ठ २०७७, आईतवार
काठमाडौँ,जेठ ३२ । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ ।गए राति गुल्मीका ३६ वर्षिया पुरुषको निधन भएको हो । यो संगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. जागेश्वर गोतमले जानकारी दिए ।
निधन भएका गुल्मीका पुरुषमा यही १२ जेष्ठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै निधन भएको मन्त्रालयले जनाएको छ ।
उनी क्यान्सर रोगबाट समेत पीडित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।