सेती अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा कोरोना पुष्टि
बोलन्या थली |
३२ जेष्ठ २०७७, आईतवार
सेती अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । शनिवार कैलालीका ११ जनामा कोरोना संक्रमितमध्ये एक जना पुरुष कोरोनाको कारणले मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा पनि कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालल्र जनाएको छ ।
केहिदिन अघि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको डाईलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । उनीसंगै किड्नीको डायलासिस गराएका धनगढी उपमहानगरपालिका ३ का ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
अत्याधिक ज्वरो आएपछि वडा कार्यालयको पहलमा स्वाव परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको छ ।