कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते


कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकलमा सवार ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलारी गाउँपालिका ७ मा हुलाकी राजमार्गमा ग ७ प ७८३ नम्बरको मोटरसाईकलले ठक्करबाट गम्भीर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते मोटरसाईकल चालक अमित चौधरी सेती अस्पतालमा उपचार भईरहेको छ भने मोटर साईकल पछाडी सवार २१ विष्णु चौधरीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।