गुल्मीका कोरोना संक्रमितको मृत्यु

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
गुल्मीका कोरोना संक्रमितको मृत्यु

गुल्मी , ३२ जेठ । गुल्मीमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा। कविराज भुसालले जानकारी दिए ।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो ।त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सका रोगी थिए ।

थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि उनले अस्वीकार गरेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित जंगलमा शव व्यवस्थापन गरेको छ । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको हो।

जनाअवजको टिप्पणीहरू