निसर्ग हस्पिटलद्वारा १३० कर्मचारीको बिमा

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
निसर्ग हस्पिटलद्वारा १३० कर्मचारीको बिमा

विश्वभरी कोरोना भाइरस (कोभिड १९ को महामारीले सम्पुर्ण क्षेत्रमा प्रभाब बढ्दै गएको छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्ने सरकारले प्रयाप्त भुमिका नखेलेको भन्दै आलोचना भएको छ । केही निजि संस्थाले आफ्ना कर्मचारीका लागि बिमा गर्न थालेका छ्न ।  सुदूरपश्चिम प्रदेशको पहिलो अत्याधुनिक अस्ताल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले पनि आफ्ना कर्मचारीको बिमा गरेको छ ।

निसर्गले अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको अस्पतालका अध्यक्ष तीर्थ पन्तले बताए । कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम बढेसङ्गै कर्मचारीको सुरक्षाका लागी बिमा गरिएको अध्यक्ष पन्तले बताए ।

जनाअवजको टिप्पणीहरू