त्रिविले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
त्रिविले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय लकडाउन केही खुलेसँगै रोकिएर रहेका सबै परीक्षाफलहरु प्रकाशन सुरु गरेको छ । अहिले एकैपटक ७ वटा तहको नतिजा प्रकाशित गरेको छ । मास्टर अफ फिलोसफी (एमफील), मास्टर अफ बिजेनश एडमिनेष्ट्रेशन (एबीए) दोस्रो र तेस्रो सत्र, पोष्ट ग्राजुट डिप्लोमा एन पोलिस साईन्स (पिजिडिपिएस), ब्याचलर अफ माउण्टेनरिङ स्टडी (बीएमएस) दोस्रो र चौथो सत्र, ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेण्ट (बीटीटीएम) छैटौ ,बिबिएस दोश्रो सत्रको नतिजा प्रकाशित भएको त्रिविले जनाएको छ । नतिजा तलको वेबसाइडमा हेर्न सक्नु हुन्छ ।

जनाअवजको टिप्पणीहरू